काठमाडौं । अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ का बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसी क्षेत्रमा सडक माथिबाट लेदो र ढुंगा खसेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो