यो सालको मौद्रिक नीति परम्परागतभन्दा केही भिन्न मार्गदर्शन सहित आउँछ होला भन्ने धेरैको अनुमान थियो । केही हदसम्म त्यो अनु्मान सत्य सावित भयो । नयाँ मौद्रिक नीतिको एउटा मौलिक भिन्नता भनेको ‘यथास्थितिप्रति उदार’ दृष्टिकोण अपनाउनु हो । यसमा उदार एवम् खुला अर्थतन्त्रको पक्षपोषण गर्ने संकेतहरू पाइन्छन् । उदार अर्थव्यवस्थाको हिमायत