काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसम्बन्धी केही भ्रामक र तथ्यहीन सामग्री प्रचारमा आएकोप्रति परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्पेनको सेभिया सहरमा सम्पन्न ‘विकासका लागि वित्त’ शीर्षक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको सन्दर्भमा अनावश्यक र गलत प्रचार भएको उल्लेख गरेको छ। विज्ञप्तिमा