ब्लुबुक नविकरणको झण्झट हट्यो, वागमतीका सवारी साधन नविकरण अव अनलाइनबाटै हुने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

ब्लुबुक नविकरणको झण्झट हट्यो, वागमतीका सवारी साधन नविकरण अव अनलाइनबाटै हुने



काठमाडौं । यातायात साधनको वार्षिक नविकरण गर्न दिनभर लाइनमा बस्नुपर्ने बाध्यता अब हटेको छ । पहिलो चरणमा कम्तिमा वागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको सवारी धनीले यो दुःखबाट मुक्ति पाउने भएका छन् ।

यसअघि सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने बाध्यता थियो । सरकारले अनलाइन प्रणाली सुरु गरेपछि सवारी साधनको वार्षिक कर डिजिटल माध्यमबाटै तिर्न सकिने सुविधा दिइएको हो । प्रदेश राजधानि हेटौंटामा यससम्बन्धी सेवाको आज उद्घाटन भएको छ ।

शुरुमा वागमती प्रदेश अन्तर्गतका ६ वटा यातायात सेवा कार्यालयलाई उक्त विद्युतीय भुक्तानी प्रणालीमा जोडिएका छ । अब भक्तपुर, काठमाडौंको सानो भर्याङ, मकवानपुरको हेटौंडा, चितवनको भरतपुर र यातायात व्यवस्था विभाग ललितपुरका कार्यालयहरु अनलाइन भुक्तानी प्रणालीमा जोडिएका हुन् ।

यी कार्यालयका सेवाग्राहीले अब सबै किसिमका सवारी साधनको यातायात कर, जरिवाना र नवीकरण शुल्क अनलाइनबाटै भुक्तानी गर्न सक्ने छन् । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउने उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्