एनएमबी बैंकले साढे ८ प्रतिशतभन्दा सस्तो ब्याजमा गाडी किन्न ऋण दिने « Arthapath.com
११ श्रावण २०७८, सोमबार

एनएमबी बैंकले साढे ८ प्रतिशतभन्दा सस्तो ब्याजमा गाडी किन्न ऋण दिने



काठमाडौं । एनएमबी बैंकले निकै सस्तो दरमा गाडी किन्न ऋण दिने योजना सार्वजनिक गरेको छ । पछिल्लो समय एनआईसी बैंकलाई पच्छ्याउँदै आक्रामक विस्तारमा लागेको एनएमबीले साढे ८ प्रशितभन्दा सस्तो ब्याजदरमा ऋण दिने योजना अघि सारेको हो ।

बैंकले ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत स्थीर ब्याजदरमा ऋण दिने योजना अघि सारेको छ । यसको अर्थ भविष्यमा वित्तीय प्रणालीमा ब्याजदर बढ्यो भने पनि यो ब्याजदर भने बढ्ने छैन । बैंकले ब्याज घटबढ हुने चिन्ताबाट मुक्त भएर गाडी किन्न बैंकले भनेको छ ।

साथै, उक्त कर्जा आवेदन दिएको २४ घण्टाभित्रै स्वीकृत हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्