दशैंको मुखमा फोर्डको एसयूभी ‘एभरेस्ट’को बुकिङ खुल्यो, शुरुआति मूल्य १ करोड ९९ लाख « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

दशैंको मुखमा फोर्डको एसयूभी ‘एभरेस्ट’को बुकिङ खुल्यो, शुरुआति मूल्य १ करोड ९९ लाख



काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले नेपालमा ‘एभरेस्ट’ गाडीको बुकिङ खुलाएको छ । नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले यो गाडी विक्रीका लागि बुकिङ खुला गरेको हो । विश्वमै पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोग गरिएको यो गाडीको शुरुआति मूल्य १ करोड ९९ लाख रुपैयाँ तोकिएको छ ।

अफरोड अर्थात् कच्चा बाटोमा कुदाउन यो गाडी निकै नै उपयोगी हुने दाबी गरिएको छ । यो गाडी २०२२ मा नेपाल भित्रिने छ । त्यसपछि यसले नेपाली बजारमा प्रिमियम एसयूभी बजारमा नयाँ मानक विकास गर्ने बताइएको छ ।

अहिले धेरैजसो टोयोटाका ठूला एसयूभीहरु विक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्