पहिलो पटक नेपालमा बेनेली प्यानेरिया स्कुटर सार्वजनिक, ३ लाख ३४ हजार रुपैयाँ मूल्य « Arthapath.com
९ पुष २०७८, शुक्रबार

पहिलो पटक नेपालमा बेनेली प्यानेरिया स्कुटर सार्वजनिक, ३ लाख ३४ हजार रुपैयाँ मूल्य



काठमाडौं । पहिलो पटक नेपालमा बनेली कम्पनीको स्कुटर सार्वजनिक भएको छ । इटालियन मोटरसाइकल उत्पादन कम्पनी बनेलीले पहिलो पटक नेपालमा बेनेली प्यानेरिया स्कुटर सार्वजनिक भएको हो ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले शुक्रबार उक्त कम्पनीको स्कुटर सार्वजनिक गरेको हो । पन्चकन्या ग्रुप, शारदा ग्रुप र फिस्टेल ग्रुपको संयुक्त लगानी भएको उक्त स्कुटरको ४ वटा रङमा उपलब्ध छन् ।

विभिन्न ४ रङमा सार्वजनिक गरिएको उक्त स्कुटरको १ सय २५ सिसिको इएफआइको इन्जिन र ४.५ लिटरको ट्याङ्की रहेका केटिएम इन्टरनेशनका निर्देशक उदिप श्रेष्ठले जानकारी दिए । प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने उनले बताए । उक्त स्कुटरको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्