नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक बाइक अब बजारमा « Arthapath.com
२ माघ २०७८, आईतवार

नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक बाइक अब बजारमा



काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।

यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ र यसको अद्वितीय ब्रान्डिङ पनि हो । जुन याक बाइकहरूको आकर्षक कारक हुन सक्छ ।

जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने बताए । विश्वभरी अहिले दुई प्रकारका पर्यावरणीय चुनौतीहरूको सामना गर्दै गरेकोले प्राकृतिक स्रोत र जलवायुको प्रभाव तथा इन्धनको ह्रासबाट उत्पन्न हुने समस्यामा जुधिरहेका उनको भनाई छ ।

विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुन सक्ने बताईएको छ । हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्ने जैष्णवी ग्रुपको ठम्मयाई छ ।

विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ् प्रगतिको प्रशंसा गर्न लायक बाइक याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । जसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीको प्रयासलाई देखाएको पुष्टि गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ र जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुर्याउने छ ।

किन याक बाइकहरू

  • आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्दछ ।
  • याक बाइकहरू पूर्ण रूपमा कानून र नियमहरू अन्तर्गत सञ्चालन हुनेछन्
  • पूर्ण विद्युतीय सवारी साधन ।
  • वातावरण मैत्री ।
  • नेपालमा एसेम्बल भएको छ ।
  • काठमाडौं सहर हरित सहर बन्नेछ ।
  • कर्पोरेट सामाजिक उत्तरदायित्वहरू ।
  • नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने ।


प्रतिक्रिया दिनुहोस्