पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन भिभो बजारमा शीर्ष स्थानमा « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन भिभो बजारमा शीर्ष स्थानमा



काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।

यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्याएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो ।

विश्वव्यापी विस्तारको साथ, हालसम्म, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मन पराएका छन् ।


प्रतिक्रिया दिनुहोस्