ओप्पो र गुगलको ओप्पो फाईन्ड एनको लागि एण्ड्रोइड १३ बिटासँग सहकार्य « Arthapath.com
३ असार २०७९, शुक्रबार

ओप्पो र गुगलको ओप्पो फाईन्ड एनको लागि एण्ड्रोइड १३ बिटासँग सहकार्य



काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O की नोटमा प्रदर्शन गरिएको थियो ।

थप रुपमा, ओप्पो फाईन्ड एन एण्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोन मध्ये एक हो । ओप्पोले, ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाईन्ड एकस प्रो फ्लाशिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध छ ।

ओप्पोका लागि नवप्रवर्तन भनेको सफलताका प्रविधिहरु समाबेश गर्नु मात्र नभएर कमजोरीहरु पहिचान गर्ने र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन नवीन समाधानहरु डिजाइन गर्ने बारे हो । ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने ‘ओप्पो फाईन्ड एनले प्रविधिको उन्नति मार्फत प्योगकर्ताहरुलाई सशक्त बनाउन ओप्पोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ । गुगलसँग मिलरे काम गर्दै, हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौँ ।’

ओप्पो फाईन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ । थप रुपमा, मे १२ मा गुगल I/O को दोस्रो दिन पछि, ओप्पो र गुगल ईन्जिनियरहरुले संयुक्त रपमा नयाँ स्मार्टफोन फर्म फ्याक्टरहरुको भविष्य हार्डवेयर, सफ्टवेयरले कसरी राम्रोसँग काम गर्न सक्छन् भन्ने बारेमा गहन छलफलको लागि ईन्स्टाग्राम लाईभ सेसनको आयोजना गरेका थिए । सुधारिएको प्रयोगकर्ता अनुभवको लागि, सहभागिहरुले गुगल बाट एण्ड्रोइडमा यूएक्सका निर्देशक कर्नवेल समावेश गरेका थिए् । ओप्पो सफ्टवेयर उत्पादन प्रमुख ग्यारी चेन र ओप्पोका वरिष्ठ यूएक्स डिजाईनर पनि यस सेसनमा सहभागि थिए ।


प्रतिक्रिया दिनुहोस्