पठाओको बम्पर उपहारः बजाज पल्सर र डिस्कभर « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

पठाओको बम्पर उपहारः बजाज पल्सर र डिस्कभर



काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ सार्वजनिक गरेको छ । पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो । दशैं महोत्सवमा तोकिएको प्रक्रिया पूरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरूले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले बताईन् ।

राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरी बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने बताइएको छ । तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरी कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरी नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ । यस्तै, दशैं महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्