नेपालमा रियलमीको ८२८ फ्यान फेस्टिवल सम्पन्न « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

नेपालमा रियलमीको ८२८ फ्यान फेस्टिवल सम्पन्न



काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल सम्पन्न गरेको छ । रियलमीको चौथो वार्षिकोत्सवको अवसरम १२ भदौमा हात्तीवन रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न्न गरेको हो । रियलमी ८२८ फ्यान फेस्टिभलले रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा सहभागी गराउन कार्यक्रमको आयोजना गरेको थियो ।

८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो। कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान सहभागी थिए ।कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले, “यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं, ” भने ।

यो कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र “फोटो अफ द डे” प्रतियोगिता रहेको थियो । फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा समिन श्रेष्ठले रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्