बेनेलीको बाइक र स्कुटर खरिदमा यस्तो छ अफर « Arthapath.com
२४ भाद्र २०७९, शुक्रबार

बेनेलीको बाइक र स्कुटर खरिदमा यस्तो छ अफर



काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा लिले विगत ७ वर्षदेखि नेपाल अधिराज्य भर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले दशैं फिएसटा अफर ल्याएका छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुनेछ ।

यस अफर अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्यूआर कोड सक्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्यूअर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न
सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।
.
त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्