भोली एमडिएमएसको सफ्ट सार्वजनिक गरिने, दर्ता नभएका मोबाइल ‘ब्लक’ « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

भोली एमडिएमएसको सफ्ट सार्वजनिक गरिने, दर्ता नभएका मोबाइल ‘ब्लक’



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको सफ्ट सार्वजनिक गर्न लागेको छ । भदौ ३० गते उक्त डिभाइस म्यानेजमेन्ट सिस्टमको सफट् लन्च गर्न लागेको हो । चार बर्ष अघि नै पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नु पर्ने ८० करोड बराबरको प्रोजेक्ट ढिलो गरि कार्यान्वयनमा ल्याउन लागेमा हुन् ।

दुरसञ्चार प्राधिकरणका अनुसार बिहिबार सफ्ट लन्च गरेपनि पूर्णरुपमा कार्यान्वयनमा आउन भने अझै समय लाग्ने छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि भदौपछि नेपाल भित्रने मोबाइल आईएमईआइ दर्ता हुनै पर्ने प्राधिकरणले जनाएको छ । अब विदेशबाट ल्याएको मोबाइल दर्ता गराएर मात्रै चलाउन पाउने व्यवस्था हुने भएको छ । भदौ अघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु पर्ने छैन ।

भदौपछि पनि विदेशबाट ल्याएको तथा भन्सार छलि गरेर ल्याएको मोबाइल ब्लक हुने छन । एमडिएमएसको सफ्टवेयर र हार्डवेयरका उपकरणहरु नेपाल आएर जडान भइसकेका औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो । हाल चावहिलमा रहेको भवनमा उपकरणहरु जडान भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्