नेपाली बजारमा हिरोको नयाँ सुपर स्प्लेन्डर बाइक, कति पर्छ मूल्य ? « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

नेपाली बजारमा हिरोको नयाँ सुपर स्प्लेन्डर बाइक, कति पर्छ मूल्य ?



काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर प्रतिज्ञाका साथ ल्याएको कम्पनीले जनाएको छ ।

यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरुले पावर–प्याक गरिएको छ ।

नयाँ सुपर स्प्लेन्डरमा एक सय २५ सिसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको जनाइएको छ । यसले ७५०० आरपिएममा १०.७ बिएचपी उत्पन्न गर्छ र ६० आरपिएममा १०.६ एनएमको टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

इन्जिनमा एड्भान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टी प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ । यो बाइक ग्लेज ब्ल्याक, नेक्सस ब्लू, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्