सेगवे इलेक्ट्रिक स्कुटरमा फेस्टिभ अफर : आकर्षक नगद छुटदेखि स्मार्ट घडी जित्ने मौका « Arthapath.com
२ आश्विन २०७९, आईतवार

सेगवे इलेक्ट्रिक स्कुटरमा फेस्टिभ अफर : आकर्षक नगद छुटदेखि स्मार्ट घडी जित्ने मौका



काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले चाडपर्व लक्षित अफर ल्याएको छ ।
कम्पनीले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराउने अफर ल्याउको हो ।

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिदमा १० हजार छुट र स्मार्ट घडीहरु जित्न सकिने कम्पनीले जनाएकोछ । यसका साथै निःशुल्क बीमा र सडक कर पनि हुनेछ ।

लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (एफ४०) , २ जनाले स्मार्ट फोन र ५ जनाले स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क वार्षिक मर्मत सम्भार तथा सस्तो किस्ता बन्दीको सुविधा पनि कम्पनीले दिएको छ ।

सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् ।

यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ । नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्दै हुनुहुन्छ भने सेगवे ई–स्कुटरहरू तपाईंको रोजाइ बन्न सक्छन् र यसको शोरुम राईजिङ मलमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्