बजार तताउँदै ‘किया निरो इभी’ : कति पर्छ मूल्य ? यस्ता छन् आकर्षक फिचर्सहरु « Arthapath.com
३ आश्विन २०७९, सोमबार

बजार तताउँदै ‘किया निरो इभी’ : कति पर्छ मूल्य ? यस्ता छन् आकर्षक फिचर्सहरु



काठमाडौं । किया निरो इभी नेपालीहरुको रोजाईमा परेको छ । नेपाल बजारमा किया गाडीको बिक्री वितरण कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गर्दै आएको छ ।

आकर्षक डिजाइन, उत्कृष्ट फिचर्स लगायतका कारण नेपाली बजारमा यसको माग पनि वृद्धि भएको छ । किया निरो इभीको सबैभन्दा बलियो पक्ष यसको इन्टेरियर डिजाइन हो ।

किया निरो १५० किलोवाट क्षमताको मोटर जडान गरिएको कार हो । यो कारमा ६४ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । एकपटकको फुल चार्जमा ४८० किलोमिटर यात्रा तय गर्ने जनाइएको छ ।

किया निरोमा एबीएस, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, एन्टी थेफ्ट अलार्म, ६ वटा एयरव्याग, डे÷नाइट रियरभ्यु मिरर, प्यासेन्जर साइड रियरभ्यु मिरर, सिटवेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बिम जस्ता फिचर पाउन सकिन्छ ।
सञ्चालन खर्च कति कम लाग्ने, नियमित सर्भिसिङ गर्नुनपर्ने जस्ता लाभादायी सुविधाहरु रहेकाले इभी आकर्षण बढेको कम्पनीले जनाएको छ ।

फ्रन्ट इम्प्याक्ट बिम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।

निरो इभीमा पनि कियाले आफ्नो चर्चित टाइगर नोज ग्रिल प्रयोग गरेको छ । हार्टविट एलइडी डे टाइम रनिङ लाइटसँगै दिइएको भर्टिकल हेडल्याम्पले यसको अगाडिको भागलाई निकै आक्रमक बनाएको छ ।

कियाले नयाँ निरो इभीमा १७ इन्चको अलोय ह्वील, अगाडि ग्रिलमा दिइएको चार्जिङ पार्टले चालकलाई सहज बनाउँछ । निरोमा दिएको इन्ट्रूमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट दुबैको साइज समान १०.२५ इन्च रहेको छ । यसमा १० इन्चको हेडअप डिस्प्ले, डिजिटल कि, एयर प्यूरिफायर, एम्बीयन्ट लाइट, आवाजबाट कमाण्ड दिन मिल्ने सिस्टम रहेको कम्पनीले जनाएको छ ।

नयाँ निरो ४४३५५ एमएम लामो, १८५५ एमएम फराकिलो र १५४५ एमएम अग्लो रहेको छ । यसको ह्वीलवेस २७०० एमएमको रहेको छ । यो इभी नेपाली बजारमा विभिन्न पाँच कलरमा उपलब्ध रहेको छ । नेपाली बजारमा ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्