सुन्दर ट्रेडर्सले सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक स्कुटर « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

सुन्दर ट्रेडर्सले सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक स्कुटर



काठमाडौं । नेपाली बजारमा आर्चर इलेक्ट्रिक स्कुटर लन्च गरिएको छ । सुन्दर ट्रेडर्स प्रालिले मंगलबार उक्त इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

सुन्दर ट्रेडर्सले इन्डियन फियाडो ब्रान्डको विद्युतीय स्कुटर साथै पेट्रोलबाट चल्ने स्कुटर विद्युतीयमा रुपान्तरण गरि सार्वजनिक गरेको हो । सोही अवसरमा कम्पनीले चार्जिङ्ग मेसिन पनि उदघाटन गरेको हो ।

काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त स्कुटरको उदघाटन गरेका छन् ।

सोही अवसरमा घिसिङले नेपालमा जतिसक्दो धेरै विद्युतीय उपकरणहरु प्रयोग बढाउन अनुरोध गरेका छन् । उनले अब विद्युतीय खपत बढाउने सामग्री प्रयोग गर्नुपर्न बताएका छन् । कार्यक्रममा घिसिङले भने, -‘विद्युतीय खपत बढी लाग्ने सवारी साधन, इन्डक्सन चुलो लगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्छ, नेपालले जलविद्युतबाटै आर्थिक समृद्धि हासिल गर्नेछ ।’

उनले करिब १ सय दिनमै ७ अर्ब २० करोड रुपैयाँ बराबरको विद्युत भारतमा निर्यात गर्न सफल भएको बताए । ‘यो नेपालका लागि महत्पूर्ण विषय हो, विश्वमा जति पनि क्राइसेसहरु भईरहेको बेलामा नेपालले भने विद्युत निर्यात गर्न सफल भईरहेको बताए तर, विद्युत निर्यात हाम्रो लक्ष्य होइन, नेपाली विद्युत नेपालमै खपत गर्नुपर्छ । समृद्ध नेपालको उत्कृष्ट उदाहरण दिने हो उनले भने ।’

खपत बढाउने सबै चीजहरु विद्युतीय रुपमा प्रयोग गर्न अनुरोध गरेका छन् । नेपालको विद्युत नेपालमै खपत गर्दा नेपाली अर्थतन्त्रलाई १० गुणा असर गर्ने र विद्युतीय उपकरण प्रयोग नै नेपाल सबै भन्दा सस्तो हुने उनको भनाई छ ।

सुन्दर ट्रेडर्सले सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटरमा बीएलडीसी हाइ इफिसेन्सी १५०० वाट हव मोटर रहेको छ । यसमा लिथियम फेरो फोसफेट ब्याट्रीरहेको छ । एकपटकको चार्जमा यसले १२० किलोमिटर गुडन सक्नेछ । ब्याट्रीको ३ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यसमा, इबिएस इलेक्ट्रिक ब्रेकिङ्ग सिस्टम, डिजिटल डिस्प्ले, रिमोट लकिङ्ग र एन्टी देफ्त बर्जर सिस्टम, हेबी ड्यूटी फेम बोडी लगायतका आकर्षक फिचर्सहरु रहेका छन् ।

यसमा पिक पावर ५.४४ किलोवाट, ३५०० आरपीएम, पिक टर्को २९ एनएम जेनेरेट गर्दछ । ब्याट्री ४८ भोल्टेज रहेको छ । यसलाई फुल चार्ज गर्न ३ घण्टा, ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्