जिडब्लुएम हाभललाई एएनसीएपीले दियो फाइभ–स्टार सेफ्टी रेटिङ « Arthapath.com
५ आश्विन २०७९, बुधबार

जिडब्लुएम हाभललाई एएनसीएपीले दियो फाइभ–स्टार सेफ्टी रेटिङ



काठमाडौं । जि.डब्लु.एम हाभल जोलायन लाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट ए.एन.सी.ए.पीले अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ दिएको छ । परीक्षणमा हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो ।

यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ दिइएको हो ।ए.एन.सी.ए.पी सेफ्टी रेटिङ ए.एन.सी.ए.पी को २०२०–२०२२ प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो ।

हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको र ए.एन.सी.ए.पी का प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले भने थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै ए.एन.सी.ए.पी बाट फाईभ स्टार रेटिङ पाई सकेका छन् ।


जि.डब्लु.एम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिईएको छ ।


प्रतिक्रिया दिनुहोस्