‘नाडा इभि अटो एक्स्पो’ हुन्डाईको दुई इलेक्ट्रिक गाडीमा बढ्दो आकर्षण « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

‘नाडा इभि अटो एक्स्पो’ हुन्डाईको दुई इलेक्ट्रिक गाडीमा बढ्दो आकर्षण



काठमाडौं । बिहीबारदेखि ‘नाडा इभि एक्स्पो २०२२’ सुरु भएको छ । उक्त एक्स्पोमा हुन्डाई नेपालले आफ्नो दुई विद्युतीय सवारी प्रदर्शनीमा राखेको छ ।

हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना इभी र आयोनिक इभी रहेको छ । एक्स्पोमा हुन्डाईको दुई मोडेलमा नै आगन्तुकको भिड लागेको छ ।

नेपालमा हुन्डाई इभी कारको माग र लोकप्रियता वृद्धि भईरहेको छ । इभी अटो एक्स्पोमा पनि कोना र आयोनीक ५ मानिसहरुको उत्तिकै रोजाईमा परेको छ । कस्तो हो त हुन्डाई कोना इभी र आयोनिक गाडी विस्तृतमा हेरौं ।

हुन्डाई कोना इभी

कोना इभी दुई ब्याट्री प्याकमा उपलब्ध रहेको छ । जसमा ३९.२ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर भएको एक र ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट क्षमताको मोर रहेको अर्को भेरियन्टगरि दुई भेरियन्ट उपलब्ध रहेको छ ।

यी गाडीको व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले छ । सिंगल चार्जमा सानो ब्याट्रीले ३०० किलोमिटर र ६४ किलोवाटको ब्याट्रीले ४८० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ ।

सुरक्षाको हिसावले अत्यन्त सुरक्षीत रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो होल्ड, प्याडल सिफ्टर, क्रुज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् । हुन्डाईको कोना इभी जीएल भेरियन्टको ६० लाख ५६ हजार र इभी जीएलएसको ६२ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

हुन्डाई आयोनिक

आयोनीक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । हुन्डाइ आयोनिक ५को मुख्य बिशेषता नै बोल्ड डिजाइन र सिस्टम हो । पर्फमेन्स, इफिसियन्सीर कम्फर्टका लागि यसमा सबै प्रविधिको प्रयोग गरिएको छ ।

यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल भएको कम्पनीले जनाएको छ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

हुन्डाईको प्रिमियम इलेक्ट्रीक सेडान आयोनिक ३८.३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा १०० किलोवाट क्षमताको मोटर छ । यसलाई एक पटकको फुल चार्जमा २७४ किलोमिटर चलाउन सकिने छ ।

यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर यसमा उपलब्ध रहेको छ । यो गाडीको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्