गल्फ लुब्रिकेन्ट्सद्धारा दशैं यात्रुहरूलाई लक्षित गरी फ्रि चेक अप क्याम्प सञ्चालन गर्दै « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

गल्फ लुब्रिकेन्ट्सद्धारा दशैं यात्रुहरूलाई लक्षित गरी फ्रि चेक अप क्याम्प सञ्चालन गर्दै



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युबआयल लिमिटेडले दशैंमा आफ्नो घर जाने यात्रुहरूलाई लक्षित गरी चार पांग्रे र दुइपांग्रे सवारी साधन फ्रि चेक अप क्याम्प आयोजना गर्ने भएको छ ।

उक्त क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुन भएको छ । कम्पनीका अनुसार दशैंको अवसरमा धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कने हुँदा सो यात्रा आरामदायी बनाउन हामीले महत्त्वपूर्ण ठाउँहरु पहिचान गरी, त्यहाँ फ्रि चेक अप क्याम्प आयोजना गरेको हो। मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया,लौकीइटहरीमाचम्प जस्ता ठाँउमा क्याम्प राखिएमो छ ।

क्याम्पमा कम्पनीले गल्फ इन्जिनआयलमा १० प्रतिशत सम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशत सम्म छुट पनि दिइनेछ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।


प्रतिक्रिया दिनुहोस्