भिभोको अफरः “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा”
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दशैं तिहारलाई लक्षित गर्दै सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा” योजना ल्याएको हो ।
भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो । जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी २५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् । यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् ।
यो योजना सिमित अवधिका लागि मात्र उपलब्ध छ रहेको र हात खाली नजाने योजनाहरु रहेकाले छिटैं भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरूको लागि भिभोका विशेष उपहार जित्न र चाडपर्वलाई अझै रमाइलो बनाउन भिभोले आग्रह गरेको छ । यो योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महशुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ । साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ ।
दशैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ, वा www.vivodashain.com मा गएर फारमको विवरण पेश गर्नु पर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ । हालसम्म १५ हजार भन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन् । यी आकर्षक अफरहरू यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ ।












