स्तरीय एसयूभी किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् कियाका उत्कृष्ट एसयूभीहरू (मूल्य र फिचर सहित) « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

स्तरीय एसयूभी किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् कियाका उत्कृष्ट एसयूभीहरू (मूल्य र फिचर सहित)



काठमाडौं । नेपाल भौगोलिक विविधताले भरिपूर्ण मलुक हो । भौगोलिक संरचना अनुसार यहाँका सडकहरु पनि फरक–फरक रुपमा निर्माण भएका छन् । हिमाल, पहाड र तराईमा निर्माण भएका सडकको बनोट पनि फरक–फरक छन् ।

भौगोलिक विविधता र सडकको बनोट अनुसार नेपालमा सवारी साधान चलाउन उत्तिकै जोखिम र चुनौतिपूर्ण छ । फरक–फरक भुगोलमा गाउँ, शहर, पक्की तथा कच्ची सडकमा पनि गाडी चलाउनुपर्ने हुन्छ । प्राय घरदेखि कार्यालयसम्म गएजस्तो अनुभव अफरोडमा गाडी चलाउँदा हुँदैन । हिमाली भेगका मनोरम र सुन्दर डाँडाहरुका कच्ची सडकमा गाडी चलाउन पाउनु रोमाञ्चक मात्र नभई एउटा सुखद अनुभव पनि गर्न पाइन्छ । तर, अफरोड यात्रामा गाडी चलाउँदा सवारी कस्तो छ भन्ने कुराको प्रभाव ठुलो छ ।

पछिल्लो समय धेरै गाडी उत्पादक कम्पनीहरुले अफरोडमा कुद्ने गाडी निर्माण गरिरहेका छन् । अहिले अफरोड गाडीको माग पनि उत्तिकै बढेको छ । जसका कारण अफरोड गाडीहरुको मूल्य, उपभोग र बिक्रीमा बढ्दो चाप देखिएको छ । वहान कम्पनीहरुले पनि निकै उत्साहका साथ शक्तिशाली विभिन्न किसिमका गाडी बनाएको छन् ।

नेपाली माटो सुहाउँदो रोड तथा अफरोड दुवैमा सहज रुपमा कुदाउन अटोमोबाइल्स कम्पनीले अनौठो, गतिशिल र सुविधाशाली उत्कृष्ट गाडी बनाउन प्रयास गरिरहेका छन् ।

आज हामीले किया ब्रान्डका नेपालीमा रोड तथा अफरोडमा सहज रुपमा हाँक्न सकिने सर्वोकृष्ट तीन एसयूभीको बारेमा चर्चा गर्नेछौ । कियाले नेपाली माटो सुहाँउदो अर्थात पक्की र कच्ची सडकमा सहज तरिकाले गुडाउन सकिने तीन मोडेलका एसयूभी उपलब्ध गराउँदै आएको छ ।

कियाका लागि नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज रहेको छ । नेपालमा कियाका तीन उत्कृष्ट प्रिमियम एसयूभीहरु उपलब्ध छन् । जसमा असाधारण सुविधाहरु छन् । जसले रोड तथा अफरोड दुवैमा ड्राइभिङका लागि निकै उपयुक्त मानिन्छ । नेपालमा कियाको सेल्टोस, सोनेट, सोरेन्टो हाइविड उपलब्ध छन् ।

किया सेल्टोस सिरिज

सेल्टोस एसयूभिमा शक्तिशाली इन्जिन जडान गरिएको छ । जुन १४९७ सीसी र १३८.०८ बीएचपीसम्मका छन् । यसले अफरोडमा पनि २०.८ किलोमिटर प्रतिलिटरसम्मको माइलेज प्रदान गर्दछ ।

एचटीके, एचटीके प्लस, एचटीके प्लस आईएमटी, एचटीएक्स, एचटीएक्सआईभीटी, एचटीएक्स प्लस (डीजेल र जीटीएक्स प्लस एटी (डीजेल) गरि सेल्टोसका सात वटा प्रकार रहेका छन् । जुन एसयूभी किया २०२२ सर्वोकृष्ट मानिएका छन् । यसमा २६.०३ सेन्टिमिटर टचस्क्रीन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६० डिग्री भ्यु, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सीट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने एयर प्योरिफायर लगायतका आकर्षक सुविधा छन् ।

यो एसयूभीका सबै चक्कामा डिस्क ब्रेक भएकाले यो सबैभन्दा सुरक्षित मानिन्छ । यसले ब्रेकिङ सिस्टमलाई स्तरोन्नति गर्छ र गाडीलाई सबै किसिमको सडकमा नियन्त्रणमा राख्न यो महत्त्वपूर्ण छ । यसले यात्राभरि कुनै सम्झौताविना सुरक्षा उपलब्ध गराउँछ । त्यसबाहेक एसयूभीमा भएको हाईलाइन टाइम प्रेसर मोनिटरका कारण चक्कामा पर्ने दबाबलाई निगरानी गर्न सकिन्छ । चक्काकै कारण गाडी दुर्घटनामा पर्ने सम्भावनाबाट यसले जोगाउँछ । त्यसबाहेक यस गाडीमा ६ वटा एयरब्याग रहेको छ । चालकलाई अतिरिक्त सुरक्षा दिनका लागि यिनको निर्माण गरिएको हो । यस सर्वोत्कृष्ट एसयूभीको मूल्य ५० लाख ९० हजारबाट शुरू हुन्छ । किया सेल्टोस सिरीज ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याक पर्ल (कालो), ग्लेसियर ह्वाइट पीयर (सेतो) र स्टील सिल्भर (घ्यू रंग) गरि सात विभिन्न अवतारमा उपलब्ध छन् ।

किया सोनेट

किया सोनेटमा टर्वो र पेट्रोलबाट चल्ने इन्जिन रहेको छ । यो अधिकमत १४९३ सीसी रहेको छ ।यसमा ६ स्पीड आईएमटी छ ।यसले १८.४ किलोमिमटर प्रतिलिटरको माइलेज दिन्छ । भने ११८.३६ बीएचपी छ । ५ सिट क्षमता रहेको किया सोनेट विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छन् । जसमध्ये एचटीई, एटीएक्स, एचटीएक्स प्लस एटी र जीटीएक्स प्लस डिजेल रहेका छन् ।

सनरुफ र वायरलेस फोन चार्जर, टचस्क्रीन, फ्रन्ट भेन्टिलेटेड सीटहरू, भाइरस सुरक्षा सहित स्मार्ट एयर प्युरिफायर, मल्टी डइभ मोड, ट्य्राक्सन मोड, एमटी रिमोट इन्जिन स्टार्ट लगायतका प्राविधिक फीचरहरूका साथ सोनेट एसयूभीले पक्की र कच्ची सडक दुवैमा आरमदायी तथा सुखद यात्राको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन सहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेनमेन्टले लगायतका फिचरहरु छन् । जसले कियालाई सबै प्रकारको सडकहरुमा कुदाउन मिल्नेछ । किया सोनेट एसयूभीहरुमा ६ वटासम्म एयरब्याज अटाउन सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३७ लाख ९० हजार रुपैयाँबाट सुरु हुनेछ । वाइल्ड डिजाइनको सोनेट एसयूभी सिरीज आठवटा सुन्दर रंगहरूमा उपलब्ध छन् ।

किया सोरेन्टो हाइब्रिड

सोरेन्टो हाइब्रिडमा टर्बोचार्ज्ड १.६ लिटर फोर सिलिन्डर इन्जिन हाइब्रिड प्रणाली र ६ स्पीड अटोमेटेड ट्रान्समिसन रहेको छ ।
सोरेन्टोले एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै लान्छ र यसमा जडान गरिएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्तो नयाँ प्रविधिका कारण यात्राभरिे चार्जिङ स्टेसनको आवश्यक नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडी गुडिरहँदा नै ब्याट्री आफैं रिचार्ज भइरहन्छ । हाइब्रिडमा फ्रन्ट ह्वील ड्राइभको विकल्पका रूपमा अल ह्वील ड्राइभ छ । स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो लगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडको डिफल्ट हो । यसले चालकलाई विभिन्न किसिमका सडकमा अनुकूलनका लागि सहज बनाउँछ ।

हाइब्रिड एसयूभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रा लागेको निगरानी गर्ने सुविधा, पछाडिको दृश्य हेर्न मिल्ने क्यामरा, पार्किङ गर्दाका सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोकिनुअघिको चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्त तातोचिसो हुने विद्युतीय सीटहरू लगायतले यसलाई उत्कृष्ट बनाएको छ ।

नेपाली बजारमा सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट शुरू हुन्छ । किया सोरेन्टो हाइब्रिड रातो, नीलो, सेतो, कालो र खैरो गरि पाँचवटा रंगमा उपलब्ध छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्