कोर्नका नयाँ स्मार्टवाच तथा इअरबड्स अब नेपाली बजारमा
काठकमाडौं । चिनियाँ ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।
कोर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रालि को बाघदरबार स्थित मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि CORn\ WB04 / CORn\ WB03 स्मार्टवाच सार्वजनिक गरिएको हो ।
केमियो इन्टरनेशनले नेपाली बजारमा पछिल्ला दिनहरुमा हरेक साता नयाँ उत्पादन लन्च गर्न थालेको छ । १.३ इन्च को टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कोर्न ले तिस दिन सम्मको उत्कृष्ठ ब्याट्रि ब्याकअप दिने बताएको छ ।
हालै सार्बजनिक गरिएका दुवै CORn\ WB04 / CORn\ WB03 स्मार्टवाचमा कम्पनीले एक बर्षको वारेन्टी प्रदान गरेको छ भने काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरेको छ।
सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेस्मेन्ट दिन नीति लिएको कोर्नले नेपाली बजारको विकास र विस्तारमा देखाएको तदारुकता र विक्री पश्चातको सेवामा गरेको प्रतिबद्धताले नेपाली बजारमा कोर्नलाई सहजै स्थापित गराउन सफल भएको हो ।
CORn\ WB04 / CORn\ WB03 दुवै स्मार्टवाचको विक्री मूल्य ६ हजार नौ सय उनान्सय तोकेको छ भने कोर्नले यि दुवै मोडल अनलाईन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ । कोर्नका यि स्मार्टवाचको साथमा इन्ट्रि लेभलको इअरबड्स समेतल बजारमा ल्याएको हो ।
खुद्रा बजार मूल्य २ हजार नौ सय उनान्सय तोकिएको यो इअरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दावी कम्पनीले गरेको छ । ६ महिनाको वारेन्टी प्रदान गरिएको CORn\ EB030f\ मोडलको यो इअरवड्स डिजाईनमा एप्पलको इअरपड सँग तुलना योग्य रहेको छ भने आवाजको गुणस्तरमा समेत कुनै सम्झौता गरिएको छैन ।
चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्रि रहेको यो इअरवड्ले सस्तो मूल्यका उत्पादनको खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता सहजै परिपूर्ती गरे विश्वास केमियो इन्टरनेशनलले लिएको हो ।
दिपावलीको संघारमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका वितरकहरुसँग अन्र्तक्रिया गर्दै केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले नेपाली बजारमा प्रतिस्पर्धी मूल्यका गुणस्तरीय स्मार्टवाच तथा एक्सेसोरीजको बिक्री वितरण गर्ने लक्ष्यमा निरन्तर साथ दिएकोमा धन्यबाद दिए ।
अध्यक्ष साहले गुणस्तरीय उत्पादन र विक्री पश्चातको सेवामा कुनै सम्झौता नगरिने प्रतिबद्धता समेत कार्यक्रमा दोहो¥याए ।












