नेपालगन्जमा एनओजी राइड सम्पन्न « Arthapath.com
२८ कार्तिक २०७९, सोमबार

नेपालगन्जमा एनओजी राइड सम्पन्न



काठमाडौँ । जगदम्बा मोटर्सले एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड नेपालगन्जमा सम्पन्न गरेको छ । राइड गत शनिबार नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो ।


उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।


करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्