हुन्डाईले गर्यो, टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल का विजेता घोषणा « Arthapath.com
११ मंसिर २०७९, आईतवार

हुन्डाईले गर्यो, टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल का विजेता घोषणा



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ ।

विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् । यसै गरी हिजो कम्पनीले हुन्डाई मोटरको “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो ।

हुन्डाई मोटरको “गोल अफ द सेन्चुरी“ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए । र यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्।हिजै दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन् ।

त्यसैगरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप द्दण्द्दद्द फाइनल’ का विजेता छनोट गरेको छ । अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन् । विजेताको रुपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन् ।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे । हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो ख्क्ष्ल्÷ख्भ्ल् नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप द्दण्द्दद्द फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो ।

हुन्डाई फिफा विश्वकप–२०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ । हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ ।

आर्थिक पत्रकारको क्षमता विकास, नीतिगत बहस तथा विभिन्न विषयहरूमा गरिने अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्न समझदारी गरिएको हो । कार्यक्रममा आइआडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले सेजनसँगको सहकार्यले अनुसन्धानको काम तथा क्षमता विकासमा महत्वपूर्ण रहने बताए । ’क्षमता विकास कार्यक्रम, अनुसन्धान काम गर्नको लागि दुई संस्था बीच सहकार्य गरिने छ’ गौचनले भने ।
सेजन अध्यक्ष जनार्दन बरालले सेजनले आर्थिक पत्रकारिताको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको बताए। निष्पक्ष र स्वतन्त्र पत्रकारिताको विकासका लागि क्षमतावान् पत्रकारको उत्पादन गर्ने उद्देश्य राखेर सेजनले काम गरिरहँदा आइआइडिएसँगको सहकार्यले सेजनको यो उद्देश्यमा सहयोग पु¥याउने बताए ।
उनले अहिले संसारभर नै पत्रकार र सञ्चार माध्यमलाई सरकारले आफ्नो प्रोपोगाण्डा फैलाउन र निजी क्षेत्रले व्यावसायिक स्वार्थमा प्रयोग गर्नसक्ने विषयप्रतिको चनाखो रहँदै निस्पक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने चुनौती रहेको बताए । ’संसारभर नै सरकारले मिडियामार्फत प्रोपोगाण्ड फैलाउने त्यस्तै व्यवसायिक घरनाले आफ्नो स्वार्थ मिडियाको प्रयोगबाट लाद्न खोज्ने गरेको पाइन्छ, यसबाट बच्न पनि क्षेमतावान पत्रकार आवश्यक पर्छ,’ उनले भने ।
समझदारीअनुसार दुई संस्थाबीच वित्त, अर्थशास्त्र र विकासका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रमहरूको डिजाइन र कार्यान्वयनमा सहकार्य गर्ने, राष्ट्रिय महत्वका विभिन्न मुद्दाहरूमा सम्मेलन तथा कार्यक्रम गर्न सहकार्य गर्ने, आर्थिक विकासका क्षेत्रमा अनुसन्धानका कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन र प्रचारप्रसारमा सहकार्य गर्ने एवम् विकासका मुद्दाहरूमा नीतिगत पैरवी गर्ने लगायतका काम गरिनेछ ।
आर्थिक पत्रकारहरूको छाता संस्था नेपाल आर्थिक पत्रकार समाज २०५४ सालमा स्थापना भएको हो । यसमा देशभरका ३ सय बढी पत्रकारहरू सदस्य रहेका छन् । सेजनले मुख्यतया आर्थिक पत्रकारको क्षमता विकासको लागि विभिन्न प्रकारका तालिम दिनुका साथै आर्थिक पत्रकार उत्पादनको लागि समेत तालिम प्रदान गर्दै आएको छ । साथै विभिन्न आर्थिक मुद्दाहरूमा नीतिगत बहस गर्ने तथा अनुसन्धान गर्ने काम गरेको छ ।
सन् १९७९ मा स्थापना भएको आइआइडिएस नाफा आर्जन नगर्ने उद्देश्यले स्थापना भएको थिंक ट्यांक हो। यसले दिगो विकासको विभिन्न विषयमा अनुसन्धान तथा नीतिगत बहस गर्दै आएको छ। डा. भेषबहादुर थापा संस्थापक अध्यक्ष रहेको आइआइडिएसमा हाल डा. स्वर्णिम वाग्ले अध्यक्ष छन्। आइआइडिएस तथा सेजन दुवै संस्थाले नेपाल सरकार, संयुक्त राष्ट्र संघ, विश्वबैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र धेरै द्विपक्षीय विकास साझेदारहरू साथै थिङ ट्याङ्कहरूसँग सहकार्यमा काम गर्दै आएका छन्।
यसका साथै, आइआइडिएसले यसै अवसरमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभाग तथा नेपाल उद्योग परिसंघसँग पनि समझदारीपत्रमा हस्तक्षर गरेको छ। सोही अवसरमा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्