अब नेपाली बजारमा नयाँ ‘हुण्डाई भेन्यू’ : कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु « Arthapath.com
१० माघ २०७९, मंगलवार

अब नेपाली बजारमा नयाँ ‘हुण्डाई भेन्यू’ : कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु



काठमाडौं । हुण्डाईको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको हो ।

कम्पनीले न्यू स्टाईल न्यू स्टेटमेन्ट भन्ने नाराका साथ नेपाली बजारमा सो गाडी सार्वजनिक गरको हो । आफ्नो पहिलेको हुण्डाई भेन्यू को मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यू को नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ ।

नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ । यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्यापले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ ।

त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लाट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ । यसमा रहेको डायमण्ड कट अल्लो ह्विलस्, एलईडी प्रोजेक्टर ल्याप, पुडल ल्याम्प, सार्क फिन एन्टिना रुफ रेलले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ ।

नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र टु टोन ब्लायक ग्रीज इन्टेरियरका कारण निकै नै आरामदायी छ । नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेस सहितको ६०ः४० स्पिल्ट सिट, कप होल्डर सहितको रिअर सेन्टर आर्मरेष्ट, दुई वटा रियर यूएसवि चार्जर, टु स्टिप रियर रसाक्लिन सिट, एग्रोनोमिकल्ली डिजाईन गरिएको सुविधाजनक चालक सिट रहेको छ । ८ इन्फोटेनमेन्ट सिस्टम, चिसो ग्लब बक्स, डबल क्लाईमेट कन्ट्रोल एसी र स्मार्ट सनरुफ लगायतको सुविधाले हुण्डाई भेन्यूलाई एक उत्कृष्ट क्म्प्याक्ट एसयूभीको रुपमा स्थापित गराउने कम्पनीले जनाएको छ ।

साथै नयाँ हुन्डाई भेन्यूमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ । यस बाहेक नयाँ भेन्युमा डबल एयरब्याज, रियर पार्किङ्ग एसिस्ट क्यामेरा, अटोमेटिक हेडल्याम्पक तथा स्कोट फक्शन, कर्निङ्ग ल्याम्प, टायर प्रसेर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टाविली कन्ट्रोल, भईकल स्टाविलीटी म्यानेजमेन्ट र हिल एसिस्ट कन्ट्रोल लगायतका थप सुरक्षा सुविधाहरु पनि रहेको कम्पनीले जनाएको छ।

यो १.२ लिटर पेट्रोल इन्जिन÷१.० लिटर टर्वो इन्जिन ले पावर गरिएको गाडी हो । नयाँ हुण्डाई भेन्यू ५ स्पिड म्यानुअल र ७ स्पिड डीसीटी मा उपलब्ध छन् । १९५ एमएम को ग्राउण्ड क्लिरियन्स रहेको छ । उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन् । यो गाडी इी, एस र एसएक्स गरि तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाईन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्