‘विद्युतीय सवारीमा दुगड ग्रुपको पहिलो सहभागिता हो, इभि प्रोमोशनमा सबै ठाउँमा पुगेको छु’: अध्यक्ष दुगड « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

‘विद्युतीय सवारीमा दुगड ग्रुपको पहिलो सहभागिता हो, इभि प्रोमोशनमा सबै ठाउँमा पुगेको छु’: अध्यक्ष दुगड



काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले विद्युतीय सवारी नै आजको आवश्यकता रहेको बताए । अध्यक्ष दुगडले इन्डोनिसियन ब्राण्ड जेसिस्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

सोमबार एक औपचारिक कार्यक्रम मार्फत जेसिस्ट इलेक्ट्रि स्कुटर नेपालमा सार्वजनिक भएको छ । सोही अवसरमा ग्रुपका अध्यक्ष दुगडले विद्युतीय सवारीको क्षेत्रमा पहिलो पटक सहभागिता जनाएको बताए । उनले भने,–‘ग्राहकको माग, चाहाना र आवश्यकतालाई मध्ये नजर गर्दै हामी विद्युतीय सवारी साधनको क्षेत्रमा पहिलो पटक सहभागीता जनाउँदै विश्व प्रख्यात इन्डोनेसियन ब्राण्ड जेसिस्ट इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएका छौं ।’

सोही अवसरमा उनले विद्युतीय सवारीको प्रोमोशनका लागि धेरै ठाउँमा पुगेको जानकारी गराए । उनले भने,–‘इभिको प्रोमोशनमा म सबै ठाउँमा पुगेको छु । दुगड ग्रुपले इभी गाडी मात्र होइन अब हाइड्रोजनबाट चल्ने पनि संचालन गर्नेछ ।’

विद्युतीय स्कुटर धेरै मानिसहरुले प्रयोग गर्नु भनेको वातावरणलाई सुरक्षित पार्ने हो अध्यक्ष दुगडले भने, ‘यो सीधा हरितगृह उत्सर्जनको कमीसँग सम्बन्धित छ । जेसिस्टले अग्रगामीका रुपमा पर्यावरणप्रति सकारात्मक परिवर्तन मात्रै गर्दैन नेपालमा दिगो ऊर्जा प्रयोगको संक्रमणलाई पनि गति दिन सक्छ ।’

जेसिस्टले प्रयोगकर्ताको दिन प्रतिदिन मितव्ययी आर्थिक मूल्य उत्पन्न गर्ने उनको दावी छ । उनले भने,–‘विद्युतीय सवारी साधनमा लगानी गरेपछि, ग्राहकहरुको परम्परागत मोटरसँग सम्बन्धित इन्धन, मर्मत र अन्य खर्चहरु धेरै मात्रामा कम हुनेछ ।’

कस्तो हो जेसिस्ट इलेक्ट्रिक स्कुटर ?

जेसिस्ट इलेक्ट्रि स्कुटरमा ५ किलोवाट विद्युतीय मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । एक पटक चार्जमा १०० किलोमिटरको दायरालाई समर्थन गर्दछ । ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट मात्र लाग्छ ।

ब्याट्रीमा ब्याट्री बिडीएमएसले सुसज्जित छ, जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ । जसको तौल ८ किलोग्राम र बोक्न सजिलो हुन्छ । चार्ज गर्दा चार्जिङ गतिविधि ट्र्याक गर्न धेरै सजिलो बनाउछ । स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ । यसले पूर्ण रुपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ ।

यो नेपालमा उपलब्धमध्ये अहिलेसम्मकै सबैभन्दा ठुलो टायर भएको विद्यतुयी सवारीको एभी दुगड ग्रुपको दावी छ । अन्य स्कुटरमा नभएको मोनो सोक रहेकाले ग्राभेल सडक र खाल्डा खुल्डीमा चलाउँदा पनि लचकता हुने कम्पनीले जनाएको छ ।

स्कुटरहरु आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित छन् र ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुनेछ । प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड ओएस मा जडान हुन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन मार्फत गति, आरपीएम, तापक्रम र भोल्टेज निगरानी गर्न सकिने कम्पनीले जनाएको छ । स्कुटरको चेसिस बडीमा एक इन्च व्यासको ट्युबुलर स्टिल र कालो फाइबर प्लास्टिक प्रयोग गरिएको छ । अगाडीको डिजाइन शार्क स्नाउट र एचआईडी हेड ल्याम्प रहेको छ ।

राईडर र यात्रुका लागि गुणस्तरी र आरामदायी सिटहरु रहेका छन् । एलइडी टेल ल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट आदि रहेका छन् । राइड बाइ वायर इलेक्ट्रिक थ्रॉटल, तीन फरक ड्राइभ मोडहरु ( इको, अर्वान र स्पोर्ट मोड, मोटर स्थायी चुम्बक सिंक्रोनस बीएडीसी मोटर, एयर कुल्ड प्रणाली, पुली बेल्ट ट्रान्समिसन, २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पीक पावर, ६.७ हर्सपावर, अधिकतम ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेरेशन ०–५० किलोमिटरसम्म पुग्छ, अधिकतम गति ७६ किलोटर प्रतिघण्टा रहेको छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण भएको छ । यो नेपाली बजारमा स्कुटर रातो, सेतो र कालो गरि ३ वटा रंगमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्