कुलमानले व्यावसायीलाई भने ‘नेपालमै इभी गाडी बनाउनुहोस्, हाइड्रोजन गाडी बनाउन प्रस्ताव आयो’ « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

कुलमानले व्यावसायीलाई भने ‘नेपालमै इभी गाडी बनाउनुहोस्, हाइड्रोजन गाडी बनाउन प्रस्ताव आयो’



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालमै इलेक्ट्रिक गाडीको एसेम्बल संभव रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा घिसिङले १०० किलो भन्दा तलका इभी गाडीमा सरकारले भन्सार छुट दिएर इभी इन्करेज गरेको बताएका छन् ।

घिसिङले आफु इभि प्रमोसनमा लागेको बताउँदै सबै इलेक्ट्रिक सवारीको उद्घाटनमा जाने गरेको बताए । एमभी दुगडले नयाँ ल्याएको जेसिस्ट ब्राण्डको स्कुटर सार्वजनिक गर्दै उनले भने ‘सबैलाई इभि भेइकल प्रयोग गर्न आग्रह गर्छु । फिउल गाडीको तुलनामा इभिमा २० गुणा सस्तो छ, इभि भेइकलमा पर किलोमिटर ६० पैसा लाग्छ भने पेट्रोल गाडीमा २२ रूपैयाँ पर्छ ।’

प्रधानमन्त्रीले पनि हाइड्रोजन गाडी चड्छु भनेपछि केही व्यावसायीले सो गाडी नेपालमै एसेम्बल गर्न आफुमा प्रस्ताव आएको घिसिङले बताए । नेपालमा हाइड्रोजन गाडी बनाउने कुरा अत्यन्त राम्रो कुरा हो । यसमा ८५ प्रतिशत नेपाली रिसोर्स प्रयोग हुन्छ ।

एमभी दुगडले ५ किलोवाट मोटर भएको इण्डोनएसियामा बनेको अत्यधुनिक प्रविधियुक्त स्कुटर सार्वजनिक गर्दे घिसिङले नेपाल हिउँद बर्खामै विदूतमा अत्मनिर्भर उन्मुख रहेको बताए । ‘अहिले हामीलाई चाहिने विद्युत बर्खामा निर्यात गर्न सफल भएका छौं भने हिउँदमा केही अपुग भएको छ । अव केही समयमै नेपाललाई चाहिने विद्युत प्रयाप्त उत्पादन हुने उनले बताए ।’

कार्यक्रममा एमभी दुगडका अध्यक्ष मोतिवाबु दुगडले इलेक्ट्रिक भेइकल आजको आवश्यकता हो । पेट्रोलको बचत गर्नु छ ।


प्रतिक्रिया दिनुहोस्