रोयल इनफिल्डको बिक्रेता अल्फा अटोमोटिभको अत्याधुनिक दुई शोरुम संचालनमा « Arthapath.com
५ चैत्र २०७९, आईतवार

रोयल इनफिल्डको बिक्रेता अल्फा अटोमोटिभको अत्याधुनिक दुई शोरुम संचालनमा



काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले एकै दिन दुई शोरम संचालनमा ल्याएको छ ।

कम्पनीले मापदण्ड अनुसार काठमाडीको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुइ वटा शोरूम निर्माण गरि संचालनमा ल्याएको हो । नक्शालको शोरुम त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले आइतबार एक विशेष कार्यक्रमका बिच समुदघाटन गरेका छन् ।

रोयल इनफिल्ड मोटरसाइकल शोरूम वाइकर्स होमको अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ । शोरुमबाट बाइक राइडिंग गियर जेनविन मोटरसाइकल एसेसरिज स्पेयर पार्ट्स बिक्रि तथा विक्रि पछाडिका सेवाको व्यवस्था गरिएको छ ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो, जसले सन् १९७१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ ।

अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) संचालनमा आउने कम्पनीले जनाएको छ ।

आगामी असार महिना भित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा शोरुमबाट चाइक विक्लि गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ ।

अल्फा अटोमोटिभ त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग व्यवसाय, बडिङ, विमा, एवं सर्विस सेक्टरमा कार्य गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्