एआईएमए इलेक्टिक स्कुटरले ल्यायो बम्पर छुट « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

एआईएमए इलेक्टिक स्कुटरले ल्यायो बम्पर छुट



काठमाडौं । एआईएमएले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा नयाँ बर्ष उपलक्ष्यमा बम्पर छुटको अवसर ल्याएको छ ।

यस बम्पर छुटको अभियान अन्र्तगत एआईएमएसंग, ग्राहकहरूले १ लाख ८४ हजारको को टाईगर एस५ को मोडेल खरीद गर्दा २४ हजार रुपैयाँ र ३ लाख ३० हजारको को टाईगर एक्स६११ मोडेल खरीद गर्दा २५,००० हजार रुपैयाँ छुट प्राप्त गरी सो छुट मुल्य बचत गर्न सक्नेछन् । यी दुबै मोडेलहरुको छुट पछिको मुल्य १लाख ६० हजार रुपैयाँ र ३ लाख ५ हजार रुपैयाँ मात्र पर्ने कम्पनीले बताएको छ । ग्राहकहरूले एआईएमए को बम्पर नगदको छुट मात्र नभई, हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन कम्पनीले जानकारी दिएको छ ।

साथै चालु आर्थिक बर्षको कर समेत एआईएमएको विक्रिकर्ताले नै भुक्तान गरी दिनेछ भने इएमआई फाइनान्सीङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ । ग्राहकहरूले हाल प्रयोग गरि रहनु भएका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर एआईएमएको विक्रेताको सोरुममा आई साटेर नयाँ एआईएमए स्कुटर खरीद गर्न सक्नेछन्। यो बम्पर छुट र उपहार अभियान यहि चैत्र १५ गते देखि २०८० बैशाख ३१ गतेसम्मको लागि मात्र रहेको छ ।

बिक्रि गरिरहेको एआईएमए ब्राण्डका केहि स्कुटरका मोडेलहरु

टाईगर एक्स्६११: हेर्दा निक्कै बोल्ड देखिने यो स्कुटर झट्ट हेर्दा पेट्रोलबाट चल्ने स्कुटर जस्तो देखिन्छ । स्कुटरको समग्र आकार नै ठुलो छ । बाइक वा पेट्रोलको कुनै पनि स्कुटर त्यागेर यो स्कुटर चलाउँदा डोमिनेट फिल गर्नु पर्दैन । झन सानदार देखिन्छ । आकारमा मात्र नभएर यसको बिल्ड क्वालिटि पनि निक्कै गुणस्तरीय छ । ६० भोल्ट र २८.६ एएचको लिथिएम बेट्री भएको यो स्कुटरले एकपटकको फुल चार्जमा करिब ९० किलोमिटरको रेन्ज दिन्छ । घरको सामान्य प्लगमा जोडेर पनि करिब ५ घण्टामा यसलाई फुल चार्ज गर्न सकिने छ । २१०० वाटको पिक पावर भएको वोस्क कम्पनीको मोटर जडित यो स्कुटरले १५० किलोको वजनलाई १५ डिग्रीको उकालोमा तान्न सक्ने क्षमता राख्दछ । यसको मतलव २ जना व्यक्तिलाई शहरबजार तथा तराइको बाटोमा यसले सजिलै तान्न सक्दछ । यसको अगाडि र पछाडि १२ इन्चको व्हिल दिइएको छ भने यसको ग्राउण्ड क्लियरेन्स १४० एमएम रहेको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

यसमा २० लिटरको बुटस्पेस रहेकाले सबैखाले हेलमेट सजिलै राख्न मिल्छ ।यो स्कुटरमा सिंगल बेट्री मात्र नभई दुइवटा बेट्री राख्नका लागि पनि अलग्गै बेट्री कम्पार्टमेन्ट बनाएर पठाएको छ । जसका कारण धेरै रेन्ज चाहनेहरुका लागि यो उचित छनौट हुनसक्नेछ । एलइडि हेडल्याम्प, डिजिटल डिस्प्ले, एन्टिथेप्ट सिस्टम, रिमोट कन्ट्रोल, किलेस युजेज, ब्लुटुथ कनेक्टिभिटि लगायतका फिचर यो स्कुटरमा दिइएको छ । अगाडिको भागमा मोवाइल चार्जर सँगै दुइवटा स्पिकर समेत जडान गरिएको छ ।यो स्कुटरको अधिकतम गति ६५ किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको मोटर तथा बेट्री दुबैमा २ बर्षको वारेन्टी दिइएको छ । यसको मुल्य रु। ३,३०,००० राखिएको भएता पनि अहिले यसमा २५ हजार छुट दिएर जम्मा ३,०५,००० मा बिक्रि गरिरहेका गरेको छ ।

टाईगर एस५: यसमा २४०० वाटको पिक पावर भएको बोस्क कम्पनीको मोटर दिइएको छ । जसका कारण यसले करिब १३० किलो वजनलाई १५ डिग्री उकालोमा तान्न सक्नेछ । हेर्दा सानो भएपनि यसको अधिकतम गति ६४ किलोमिटर प्रतिघण्टा रहेको छ । ७२ भोल्ट र २० एएचको लिडएसिड बेटी दिइएको यो स्कुटरलाई घरको प्लगमा नै जोडेर करिब ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिनेछ । अगाडि १२ इन्ज र पछाडि १० इन्चको व्हिल दिइएको यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १६० एमएम भएकाले केहि खराब कण्डिसनको बाटोमा पनि चलाउन सकिने आशा लिन सकिन्छ ।

यो स्कुटरको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ । मुल्यको हिसाबले निक्कै सस्तो यो स्कुटर एक पटकको फुल चार्जमा करिब ७५ किलोमिटर गुड्नेछ । चिटिक्क र सानो भएका कारण आम नेपाली महिलाहरुको उचाइका लागि निक्कै सजिलो स्कुटरको रुपमा यसलाई लिन सकिन्छ । यसको मुल्य रु। १,८४,००० राखिएको भएता पनि अहिले यसमा रु.२४,००० छुट दिएर जम्मा १,६०,००० मा बिक्रि गरिरहेका छौं । यसको नेपालको आधिकारिक वितरक हिमाल इभि मोटर्स प्रालिको बारे विश्वको विद्युतीय स्कुटरको हिसाबमा सबैभन्दा बढी उत्पादन तथा बिक्रि गर्ने ब्राण्ड नेपालका लागि आधिकारिक वितरकको रुपमा हिमाल इभि मोटर्स प्रालिले नेपालमा गत भदौ, २०७९ देखि सेवा दिइरहेको छ ।

हिमाल इभिले विगत करिब ८ महिनादेखि नेपालमा ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रिवितरण गरिरहेको छ । काठमाण्डौं उपत्यकाबाट हिमाल इभिले बिक्रि वितरणको व्यवस्था गर्दै आईरहेको छ । काठमाण्डौं, भक्तपुर र ललिपुरमा हिमाल इभिले र हिमाल इभिका डिलरहरुको शोरुमबाट एआईएमए ब्राण्डका विद्युतीय स्कुटरहरु बिक्रिवितरण भइरहेको छ । बिक्रि पछिको सेवाको लागि समेत हिमाल इभिले राम्रो व्यवस्था गरे रहृको छ । हिमाल इभिले आफ्नै र हिमाल इभिलडिलरहरुका सर्भिस सेन्टरबाट सर्भिसको सुविधा दिएको जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्