सामसङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

सामसङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन ५जी बजारमा सार्वजनिक भएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्द रहेको छ ।

६।७ सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुल्े सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्ने र ८ जीबी ¥याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपीम्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ । ग्यालेक्सी एपÞm५४ ले रातको समयमापनिसफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ।यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिनेछ ।

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्तानगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जले नै पुरा दिन मोबाइल चल्ने कम्पनीले बताएको छ ।

ग्यालेक्सी एपÞm ५४ को सिल्भर र निलो दुुईवटा रङहरुमा उपलब्ध रहेको छ । यसको ८ं२५६ जीबी भेरियन्टको ५२ हजार ४९९ रुपैयाँमा बजारमा भएको छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्