‘नाडा अटो शो २०२३’ को अन्तिम दिनसम्म उस्तै देखियो सेरेस इभिमा अवलोकनकर्ताको भिड « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

‘नाडा अटो शो २०२३’ को अन्तिम दिनसम्म उस्तै देखियो सेरेस इभिमा अवलोकनकर्ताको भिड



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल गत मंगलबारदेखी राजधानीमा आयोजित ‘नाडा अटो शो २०२३’ को आज अन्तिम दिन रहेको छ ।

उक्त शो अवलोकनकर्ताको निकै नै उत्साहजनक सहभागिता रहेको छ । प्रदर्सनमा राखिएको मध्ये विधुतिय सवारीमा अवलोकनकर्ताको उत्तिकै आकर्षण देख्न सकिन्छ । नाडा अटो शोमा सेरेस–३ र सेरेस मिनि इभी पनि प्रदर्शनीमा राखिएको छ । अन्तिमदिनसम्म पनि सेरेस गाडीमा मानिसको भिडभाड घटेको छैन । पहिलो दिन देखि नै सेरेस इभिमा निकै भिड लागेको थियो ।

एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सेरेस–३, सेरेस मिनी इभि प्रदर्शनीमा राखेको हो । दुई भेरियन्टमा नेपाल आएको सेरेस–३ कम्फर्ट भेरियन्टको मूल्य ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुवै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । सिङ्गल चार्जमा औसत ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यस्तै, मिनी ईभी सेरेस ई वानलाई प्रदर्शनीमा राखिएको छ। यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यो गाडीमा दिइएको ब्याट्रीले सिङ्गल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सर्ट रेन्ज भेरिअन्ट गाडीको सुरुवाती मूल्य १३ लाख ९९ हजार निर्धारण गरिएको छ ।

यता, ब्याट्री साइजमा फुल अप्सन ईवानको मूल्य १६ लाख ४९ हजार कायम गरिएको छ । त्यस्तै लङ रेन्ज तर्फ १६ किलोवाट आवरको ब्याट्री, २२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य १७ लाख ९९ हजार तोकिएको छ । अन्य गाडीको तुलनामा मिनी इभी सेरेस इ वान अन्यको तुलनामा सस्तो भएकाले पनि यसमा थप आकर्षण देखिएको छ । सेरेस र मिनि इभी सेरेसमा पनि अवलोकनकर्ताको रोजाइमा परेको पाइन्छ । यी गाडीहरुको बारेमा अवलोकनकर्ताले निकै उत्साहका बुझिरहेका छन ।


प्रतिक्रिया दिनुहोस्