चेतक इभीको “भाइब नै बेग्लै छ” शीर्षकको एन्थम भिडियो नाइमा एक्पोमा सार्वजनिक « Arthapath.com
६ असार २०८३, शनिबार

चेतक इभीको “भाइब नै बेग्लै छ” शीर्षकको एन्थम भिडियो नाइमा एक्पोमा सार्वजनिक



काठमाडौं । हालै नेपाली बजारमा धमाकेदार आगमन गरिसकेको चेतक नामक ईभी स्कुटरले नाइमा मोविलिटी सोमा निक्कै लोकोप्रिय बनेको छ ।

चेतकले नाइमा नेपाल मोबिलिटी क्स्पो’ २०२५ मा आफ्नो आधिकारिक एन्थम “भाइब नै बेग्लै छ” को म्युजिक भिडियाको प्रिमियर गरी आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ ।

लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेश जंग कुँवरको प्रस्तुति रहेको यो म्युजिक भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर ३बी, हल बीमा सार्वजनिक गरिएको थियो ।

फुल्ली लाइफप्रुफ साउन्डट्रयाक
सामान्य जिङ्गल भन्दा फरक, यो एन्थमले चेतक ईभीको मुख्य सन्देश– फुल्ली लाइफप्रुपलाई परिभाषित गरेको छ । यसको आइपी ६७ रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी, र स्मार्ट फिचर्सहरूले गर्दा यो सडकमा मात्र नभई संस्कृतिमा पनि छुट्टै पहिचान बनाउँदैछ ।

एक्स्पोमा चर्चा बटुलिरहेको चेतक इभीले पर्फर्मेन्स र पर्सनालिटी दुवैको हिसाबले अहिलेको शहरी मोबिलिटीको परिभाषा नै फेरिरहेको छ ।

कार्यक्रममा चेतकका आधिकारीक डिष्ट्रव्युटर्स गोल्छा अर्गनाइजेसनका मार्केटिङ प्रमुख अमितराज चालिसेले “चेतक इभी कुनै साधारण स्कुटर नभएको बताए । उनले चेतक स्कुटर स्वतन्त्रता र आधुनिकताको प्रतीक रहेको भन्दै आफुहरु नेपालमा एक साँस्कृतिक परिवर्तन ल्याउन लागेको बताए ।

आजका राइडरहरूका लागि डिजाइन गरिएको
बजाज अटोको ग्लोबल इभी पोर्टफोलियो अन्तर्गतको चेतक इभीले शिल्प र प्रविधिको अद्वितीय संयोजन प्रस्तुत गर्छ । १५३ किमि सम्मको रेंज, मेटल बडी, इनबिल्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र कल अलर्ट जस्ता स्मार्ट फिचरहरू र क्लासमै सबैभन्दा छिटो चार्ज हुने क्षमता सहित यो स्कुटर आधुनिक राइडरका लागि डिजाइन गरिएको हो ।

भाइबको लाइभ अनुभव गर्नुहोस्
इमर्सिभ डिस्प्लेदेखि टेस्ट राइडसम्म, चेतक ईभीले नाइमा एक्स्पोमा आगन्तुकको ध्यान तानिरहेको छ । नितेश जंग कुँवरको एनथम प्रिमियरसँगै चेतकले प्रविधि र संस्कृति बीचको साँचो साङ्गीतिक सम्बन्ध प्रस्तुत गरेको छ।
भृकुटीमण्डपको स्टल आर ३बी मा गई यो भाइब, गीत र गेम चेन्जर स्कूटरको अनुभव लिन सक्नुहुन्छ। एक्स्पो श्रावण २५ गते सम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्