‘नाइमा एक्स्पो’ मा डोङफेङ फोरथिङ फ्राइडे ३८ युनिट बुकिङ « Arthapath.com
६ असार २०८३, शनिबार

‘नाइमा एक्स्पो’ मा डोङफेङ फोरथिङ फ्राइडे ३८ युनिट बुकिङ



काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२५ आज सकिँदैछ । एक्स्पोमा इलेक्ट्रिक सवारी साधनहरूको प्रभावकारी प्रदर्शन देखिएको छ ।

६ दिनसम्मको अवधिमा चिनियाँ ईभी ब्रान्ड डोङफेङको फोरथिङ फ्राइडे एसयूभीको ३८ युनिट बुकिङ भएका छन् ।

एक्स्पोमा नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले फोरथिङ फ्राइडे एसयूभीको सार्वजनिक हो । यसको लक्जरी भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ छ ।

कम्पनीले फोरथिङ फ्राइडे को विशेष भेरियन्टको मूल्य ५४ लाख ९६ हजार राखेको छ, जुन एक्स्पो अवधिमा उपलब्ध छ । एक्स्पोमा ग्राहकहरूले यस सवारीलाई एक वर्षको अटो प्लस बीमा सहित प्राप्त गर्ने सुविधा दिएको छ ।

फोरथिङ फ्राइडे एसयूवीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ । जसले ४०० किलोमिटर भन्दा बढी रेञ्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा प्रिमियम फिचर जस्तै वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, इन्फोटेन्टमेन्ट सिस्टम, र एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छन्।


प्रतिक्रिया दिनुहोस्