१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्दै कुमारी बैंक « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्दै कुमारी बैंक



काठमाडौं । कुमारी बैंकले १० वर्षदेखि शून्य मौज्दातमा रहेका खाता बन्द गर्ने भएको छ । बैंकले १० वर्ष अघिदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. १६को बुदा नं. (३) मा भएको व्यवस्था अनुसार बैंकमा खोलिएका खाता बन्द गर्न लागेकाले ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरुको नाम नामेसी सहितको विवरण बैंकको वेबसाइट https://www.kumaribank.com/ मा राखिएको तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आफ्नो खाता सुचारु गर्न सकिनेछ ।

तोकिएको म्यादभित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्