देवः विकास बैंकद्वरा जोरपाटीमा शाखा « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

देवः विकास बैंकद्वरा जोरपाटीमा शाखा



काठमाडौं । देवः विकास बैंक लिमिटेडको गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा नयाँ साखा संचालनमा ल्याएको छ । फागुन ०७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका सदस्य भरत बहादुर हमालले साखाको औपचारिक उद्घाटन गरे ।
कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार हुने विश्वास लिए ।
कार्यक्रममा देवः विकास बैंक लि.का संचालक विजयराज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्