हेरिटेज होटेल स्विट एण्ड स्पामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

हेरिटेज होटेल स्विट एण्ड स्पामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा, बीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्