बैंक अफ काठमाण्डूका ग्राहकलाई १०% छुट « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट दिईने भएको छ । अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्