होलीमा एनआईसी एशिया बैंकले सय प्रतिशत नगद फिर्ता पाउने « Arthapath.com
२४ असार २०८२, मंगलबार

होलीमा एनआईसी एशिया बैंकले सय प्रतिशत नगद फिर्ता पाउने



काठमाडौं । एन आई सी एशिया बैंकले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम रू. ५,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउदै आउनुभएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजारस ४ सयसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६ हजारसम्मको लाभ ग्राहकले लिँदै आएका छन ।


प्रतिक्रिया दिनुहोस्