सिटिजन्स बैंकद्वारा बिद्योदय माविलाई सहयोग « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

सिटिजन्स बैंकद्वारा बिद्योदय माविलाई सहयोग



काठमाडौं । सिटिजन्स बैंकले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थीहरुको दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ ।

विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्