प्राइम र कैलाशको एकिकृत कारोबार विहिबार हुँदै, कैलाशका कर्मचारीलाई एक साताको स्वेक्षिक अवकाश योजना « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

प्राइम र कैलाशको एकिकृत कारोबार विहिबार हुँदै, कैलाशका कर्मचारीलाई एक साताको स्वेक्षिक अवकाश योजना



काडमाडौं । प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्राइम कमर्सियल बैंकको नामबाट यही विहिबारदेखी एकिकृत कारोवार गर्न लागेको हो ।
२ महिनाअघि दुबै बैंकले साधारणसभा गरेर मर्जरमा जाने अख्तियारी पास गरी राष्ट्र बैंकबाट अन्तिम कारोवारको लागी स्वीकृतीसमेत पाइसकेका छन ।

प्राइम बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी स्वरुप दुबै बैंक को सफ्टवेयर मिलानको काम भैरहेको प्राइम बैंकका सिईओ नारायणदाश मानन्धरले बताए । प्राइमले कैलाश बैंकलाई गाभ्ने भएपछि अहिले कैलाश बैंकका कर्मचारीलाई स्वेक्षिक अवकाश दिने तयारी छ । प्राइम बैंकले १ साताको म्याद दिएर कर्मचारीलाई सेवा अवधीको आधारमा अवकाश योजना ल्याएको हो ।

उता कैलाश विकास बैंकका सिईओ र डेपुटी सिईओलाई एडजष्ट गर्ने तयारीमा प्राइम बैंकले तयारी गरिरहेको छ । पद समायोजनको विषयमा कुराकानी भैरहेको बैंक स्रोतले जनाएको छ । हाल कैलाश बैंकको सिईओ रहेका सिनियर बैंकर अमृतचरण श्रेष्ठलाई प्राइम बैंकले जिएममा समायोजन गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्