सुमन शर्माले किन छाडे माछापुच्छ्रे बैंक ? « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

सुमन शर्माले किन छाडे माछापुच्छ्रे बैंक ?



काठमाडौं । माछापुच्छ्रे बैंकका सिईओ अर्थात प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बाहिरिएका छन । २३ महिना अघि सिईओमा नियुक्त भएको उनी आफ्नो व्यक्तिगत कारण देखाँदै उनले छोडेका हुन । चार बर्षसम्मको लागि उनलाई नियुक्ती दिएको भएपनि उनले पूरा अवधी नपुग्दै उनले विदा लिएको स्रोतले बताएको छ ।

शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन । यसअघि उनले ग्लोबल आइएमइ बैंकमा कार्यरत रहेका थिए । त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

उनले छाडेपछि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन ।

शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए । बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभवी शर्मा सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

शर्मा माछापुच्छ्रे बैंकमका आएपछि पछिल्लो समय शाखा सञ्जाल विस्तार, निक्षेप संकलन र ऋण लगानीमा आक्रामक भएका थिए । शर्माले छोटो समयमै बैंकको शाखा ६० वटाले बढाएका थिए ।


प्रतिक्रिया दिनुहोस्