२९ फाल्गुन २०७६, बिहीबार

सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच सहमति



काठमाडौं । सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने सम्वन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन ।

सम्झौता पश्चात बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले सनराइज रेमिट मार्पmत पठाएको रकम जिएमइ रेमिट्यान्सका ८ हजार भन्दा बढी एजेन्टबाट छिटो छयिरतो पाउन सक्ने भएका छन ।

हाल सन्राइज बैंकले १ सय ३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १ सय ५४ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्