कैलाश बैंकलाई गाभेकै दिन अर्को बैंक गाभ्ने प्राइम बैंकको घोषणा « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

कैलाश बैंकलाई गाभेकै दिन अर्को बैंक गाभ्ने प्राइम बैंकको घोषणा



काठमाडौं । १२ वर्ष अघि काठमाडौंको कोर व्यावसायीक बजार न्युरोडबाट जन्मिएको प्राइम कमर्सियल बैंक आजदेखी देशको सबैजिल्लामा आफ्नो उपस्थिती जनाएको छ । राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्त गरेर कैलाश विकास बैंकलाई प्राप्ती गरेर प्राइम बैंक देशभर आफ्नो उपस्थिती जनाउन सफल भएको हो ।

प्राइम बैंकले २ महिनाको अथक प्रायासबाट कैलाश बैंकलाई प्राप्त गर्न सफल भएको हो । २७ वर्ष अघि स्थापित अन्नपुर्ण फाइनान्स कम्पनी तत्कालिन अन्नपुर्ण विकास बैंकका कारण नाम परिवर्तन भई कैलाश विकास बैंक बनेको हो । आजदेखी कैलाश विकास बैंकको नाम मेटिएको छ भने एउटा विकास बैंक घटेको छ । कैलश विकास बैंकलाई प्राप्ती प्रश्चात १ सय ९९ साखा संजाल पुगेको छ ।

स्थापनादेखीने सेयरधनीलाई राम्रो प्रतिफल दिँदै आएको प्राइम बैंक आफैमा अव्वल बैंक हो । कुषल व्यवस्थापन समुह, मितव्ययी खर्च र बजार अनुसारको कारोवारका कारण प्राइम बैंक बजार अन्य संगै खुलेका बैंको तुलनामा बलियो बन्न सफल भएको छ ।

कैलाशलाई गाभेपछि प्राइम बैंकको कुल चुक्तापुँजी करिव १४ अर्व पुगेको छ । बैंकको निक्षेप १ खर्व ३० अर्व र कर्जा लगानी १ खर्व १५ अर्व रहेको छ । गाभिए प्रश्चात कर्मचारी संख्य १ हजार पाँचसय नाघेको छ ।

७ संस्थाको मर्जर
२७ वर्ष अघि पोखरालाई कार्यक्षेत्र बनाइ खुलेको अन्नपुर्ण फाइनान्स कम्पनी पछि कैलाश विकास बैंक बन्यो । कैलाशले मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्प्रेस फाइनान्स कम्पनीलाई गाभेर राष्ट्रिय स्तरको विकास बैंक बनेको थियो ।

त्यस्तै प्राइम बैंकले कन्ट्री डेभलपमेन्ट बैंक, त्यस्तै कन्काई र विराटलाक्ष्मी विकास बैंकलाई गाभेको थियो । प्राइमले अझै ललितपुर फाइनान्सलाई गाभ्ने चर्चा चलिरहेको छ । मर्जर प्रश्चात छोटो प्रतिक्रिया दिँदै प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले अझै अरु संस्था गाभेर राष्ट्र बैंकले लिएको मर्जर नितीलाईै सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्