सेञ्चुरी बैंकद्वारा नवौं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर « Artha Path
२९ फाल्गुन २०७६, बिहीबार

सेञ्चुरी बैंकद्वारा नवौं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । सेञ्चुरी कमर्सियल ब्यांकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा ब्यांकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

चावहिल स्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

ब्यांकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ३५ जनाभन्दा बढीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्