सांग्रिला बैंकको “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

सांग्रिला बैंकको “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता”



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात रुÞ ५ सयबाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्र्तगत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने समेत बैंकले जानकारी दिएको छ । यस योजना बाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्