बैंक अफ काठमाण्डूको विओके सफलता मुद्दती खाता सार्वजनिक
काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै विओके ‘BOK सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । “सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहक महानुभावहरुले रु ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्नुहुनेछ ।
उक्त मुद्दती खाता रु. २५,०००।– देखी नै खोल्न सकिने र ग्राहक महानुभावहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ । साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए रु. ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा रु. ५ लाख तथा औषधी उपचारको लागि रु. १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग (OPD) को लागि रु. २०,०००।– तथा अस्पताल भर्ना भई उपचार गर्दा रु. ८०,०००।– सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिने छ । बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।