‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘‘सिटिजन्स तलब बचत खाता’ सञ्चालन « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘‘सिटिजन्स तलब बचत खाता’ सञ्चालन



काठमाडौं । सिटिजन्स बैंकले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को शुभारम्भ गरेको छ ।

रु ५,०००।–मा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सकिने छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका लागि रू ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।

साथै, रु शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन ( Payroll Account Management )को लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ ।

यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

यी दुबै योजनामा निःशुल्क VISA Debit Card , निःशुल्क अन्तर शाखा कारोबार (ABBS), निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित 3 D Secure प्रविधिमा निःशुल्कदर्ता, Locker को वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै ATM बाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट पाँचला भन्दा बढी खग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्