एभरेष्ट बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

एभरेष्ट बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट



काठमाडौं । काठमाण्डौको लाजिम्पाटमा रहेको होटल सांग्रिलाको सहकार्यमा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने भएको छ । आफ्नो परम्परागत शैलीको प्रचलित होटल साग्रिला ५ तारेमा खाना, पेय पदार्थ र बेकरीमा १५ प्रतिशत छुट भएका छन । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एभरेष्ट बैंकको डेबिट वा क्रेडिटबाट भुक्तानी गरेमा छुट पाउने छन्न।

आफ्नो ‘सर्भिस विथ स्माइल’ नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै कामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्